विश्वसाइकल यात्री लोकबन्धु कार्की र काभे्रका जनार्दन खनाललाई सम्मान

Bycycle
टोकियो – नेपालको परिचय संसारभर फैलाउने उद्देश्यले विश्वसाइकल यात्रामा निस्केका नेपाली दुई युवकलाई जापानको फुकुओकावासी नेपालीले बुधबार फुकुओकास्थित हाकातामा स्वागत र सम्मान गरेका छन् । विश्वसाइकल यात्री ताप्लेजुङका लोकबन्धु कार्की र काभे्रका जनार्दन खनाललाई फुकुओका नेपाली सोसाइटी, भेटघाट बचत तथा ऋण सहकारी, ओतोकु नेपाली समाज क्युस्यु, एनआरएन क्युस्यु समिति र नेपाली जनसम्पर्क समिति क्युस्युले संयुक्त रुपमा स्वागत तथा सम्मान गरेका हुन् । उनीहरूलाई पुष्पगुच्छा तथा खादा ओढाएर सम्मान गरिएको थियो ।
 राजधानी टोकियोबाट नागोया, ओसाका हँुदै दुईसाताको अवधिमा फुकुओका पुगेका उनीहरू प्रवेशसँगै फुकुओकावासी नेपाली र त्यहाँका सर्वसाधारणले तस्बिर लिन सुरु गरेका थिए । यो निरन्तर बुधबार मध्यरातसम्म चलेको थियो । सन् २००४ डिसेम्बर ७ देखि यात्रा सुरु गरेका उनीहरूले हालसम्म ११६ मुलुकको यात्रा सम्पन्न गरिसकेका छन् । जापान ११७औँ भ्रमण मुलुक हो । नीहरूले ताइवान, मकाउ, चाइना हँुदै जापान आएको र छिट्टै नै रसिया, युक्रेन हँुदै बाँकी मुलुकमा पुगेर सन् २०१७ मा विश्व भ्रमण सम्पन्न गर्ने बताएका छन् ।
Spread the love