आशाबादी नेताबाट नेपाली जनताले पाएको निराशा – सन्जोग आचार्य

sanjok

सन्जोग आचार्य, डा. बावुराम भट्राईलाई नेपाली राजनीतिक एक प्रखर ब्यक्तित्व मानिन्छ । अध्ययशील र चिन्तनशील राजनीतिज्ञ पनि हुन् उनी । लाखौ नेपाली युवाको आशाका केन्द थिए बावुराम । उनका समाजिक सञ्जालमा विशेष गरी प्रवासका धेरै प्रशंसक छन् । समाजिक सञ्जालमा प्रवासमा बस्ने लाखौ नेपालीले बावुरामलाई पछ्याउने गरेका छन् । तर एक्कासी बावुरामको राजीनामाको चर्चाले उनका धेरै शुभचिन्तकको मन कुडिएको छ । नेपालको आर्थिक विकास मार्गचित्र कोर्ने एउटा प्रखर राजनीतिज्ञको यो शैलै धेरैलाई अपच्य भयो । प्रवासबाट सधै शुभकामना पाउने बावुरामको फेसबुक वाल गालिको बहुछारले भरिए । खाडीमा काम गरिरहेका मेरा एक मित्रले लेखे ( बावुराम तिमीले पनि अरुले जस्तै आफ्नो असली अनुहार देखायौ ।

माईतीघर देखि कोटेश्वरसम्मको बाटोमा हिड्दा बावुरामको वर्णन गर्ने अमेरिका, युरोप र अष्टेलिया बस्ने मेरा केही साथिले पनि उनको यो शैलीको कडा आलोचना गरे । म आफै पनि नेपालको फराकिलो सडकमा डिह्दा हुनै युरोप वा अमेरिकामा हिडिरहेको महसुस गर्दथे । अहिले पनि बावुरामको राजीनामासंगै काठमाडौंको त्यो सुन्दर र फराकिलो सडक सम्झने गर्दछु । जेजस्तो भएपनि काठमाडौंमा सडक फरकिलो पार्ने काममा बावुरामले प्रशंसा पाएका नै हुन् । पछिल्लो पटक आर्थिक विकासको मार्गचित्रमा बावुराम कुनै पार्टीको नेता नभएर जनताको कार्यकर्ता जस्ता भईसकेका थिए । नेपाली जनताले उनबाट धेरै आशा गरेका थिए । यो अबस्थामा बावुरामले पार्टी परित्याग गरे । त्यसलाई गलत निर्णय भन्नेहरु धेरै छन् । मैले भने यसलाई फरक ढंगले अड्कल लगाएको छु । बावुरामले ठिक समयमा पार्टी छोडेर राम्रो काम गर्नुभयो जस्तो लाग्छ । तर बावुरामले बुद्धत्व शैलीमा पार्टी परित्याग गरेको देख्दा भने अचम्म लाग्यो ।Baburam-Bhattarai1
बावुरामले आफ्ना प्र्रिय कार्यकर्ता, परिवार, प्रशंसक र लामो समयदेखि संगसंगै हिडेका प्रचण्डलाई समेत आश्चर्यमा पार्दै किन पार्टी परित्याग गरे ? कतै बावुरामलाई राजनीतिक फ्रस्टेशन त भएको हैन ? के बावुराम बुद्धमार्ग अपनाउन लागेका हुन् त ? कतै भारतीय प्रधानमन्त्री नरेन्द मोदीजस्तै लामो समय पलाएन भएर फेरी एक्कासी नयाँ सोच लिएर आउने बिचारमा त छैनन् ? कतै बावुराम केजरीवाला जस्तो बन्न खोजेका त हैनन् ? प्रधानमन्त्री हुदा नेपालमा नै बनेको मुस्ताड गाडी चढेर बावुरामले चर्चा समेत पाए । यस्ता बावुरामको के हो त अबको मार्ग ? यसको उत्तर अहिले स्वयं बावुरामलाई दिन समेत कठिन भइरकेको छ । तर यसको उत्तर नेपाली जनताले खोजीरहेका छन् । किन भने अझ पनि जनताले बावुरामबाट आशा गरेका छन् ।

मेरो दश बर्षको पत्रकारितामा मैले अहिलेसम्म बावुरामलाई भेटेको छैन । न त एक पटक फोनमा नै कुरा गरेको छु । म नेपालको राजनीतिमा त्यति जानकार पनि राख्दिन । किन भने मेरो पत्रकारिताको बिट नै फरक थियो । म विशेष गरी पर्यटन क्षेत्रमा कलम चलाउने गर्दथे । तर पनि बावुरामका केही कामबाट म प्रभावित भएको थिए । त्यसैले म जस्तो एउटा साधारण नागरिकलाई यो केही उत्सुकता विषय बन्यो ।
मेरो ब्यक्तिगत धारणा भन्नुपर्दा पछिल्लो समय नेपाली जनतालाई राजनीति देखि वाक्क लागिसकेको छ । नेपालको राजनीति सधै राष्टपति, प्रधानमन्त्री, सभामुख, सभाषद् को बन्ने ? पदको बाडफाड, नियुक्ती, कार्यकर्ता, आफन्त, नाताबादमा नै अल्झिरहेको छ । यो अबस्थामा राजनीति परित्याग गरी बावुराम बुद्धको मार्गमा हिड्न चाहन्छन् भने उनलाई हामीले स्वागत् गर्नै पर्छ । साधारण जनता भएर बाच्न चाहन्छन् भने बावुरामको यो कदम अरु नेताको लागि पनि प्रेरणाको श्रोत बन्न सक्छ । बावुराम विनासको राजनीतिमा नलागी विकासको राजनीति गर्न चाहन्छन् भने मैदानमा उनलाई साथ दिने धेरै युवाहरु अझ पनि छन् । कुनै राजनीतिक दल वा पार्टी गठन नगरी नागरिक समाजको अगुवाको रुपमा देश विकास गर्न चाहन्छन् भने प्रवासमा बसेका धेरै युवाहरु स्वदेश फर्कन पनि तयार देखिन्छन् ।तर, फेरी त्यही पुराना अनुहार, पार्टीका कार्यकर्ता, परिवार, नाताबाद कृपाबादमा बावुराम अल्झिए भने उनलाई अबको दिन कठिन हुन सक्छ । कुनै पार्टी गठन नगरी नागरिक समाजको अगुवाको रुपमा देशलाई अगाडि बढाउन आउछन् भने बावुरामलाई साथ दिने करोडौ नेपाली तयार हुन सक्छन् ।
नेपाली जनतालाई रोजगार, शिक्षा, स्वास्थ्य र विकास चाहिएको छ । बेलायतमा लिखित संविधान छैन ? अमेरिकामा १७८९ मा बनेको संविधान अहिलेसम्म जीवित छ । भारतमा १९५० को संविधानले काम गरिरहेको छ भने हामी बारम्वार यही संविधानको सेरेफेरोमा किन अल्झिरहेका छौ ? संविधान विनासको लागि नभएर विकासको लागि आउनु पर्दछ ।
भुकम्पपछिको आक्रान्त बनेको नेपालका जनताले अब नयाँ नेपाल बन्ने आशा गरेका थिए । हाम्रा अत्यन्त दुई छिमेकी मित्र देश भारत र चीनले पनि हामीलाई दुखको समयमा सहयोग गरेका नै हुन् । भारतले भूकम्पमा नेपालीलाई गरेको सहयोगलाई हामीले बिर्सन हुदैन । भारत र चीनबाट नेपाली जनताले धेरै आशा गरेका थिए । तर अहिले परिस्थिति ठिक उल्टो भएको छ । एउटा छिमेकी देश हामीसंग चिडिएको छ । विश्व राजनीति र अर्थतन्त्रमा भारत र चीनको चर्चा सधै हुने गर्दछन् । अमेरिकाले पनि आर्थिक खाका यही दुई देशलाई मध्यनजर गर्दै कोर्ने गर्दछ । यस्तो अबस्थामा हामीले विश्वको एक शक्तिशाली देश भारतसंग जोरी नखोजी कसरी हुन्छ मित्रताको हात बढाउनुको विकल्प छैन ।

हामी जस्तोसुकै राष्टियताका कुरा गरेपनि भारतले नेपाललाई यो अबस्थासम्म हेपाहा प्रवृत्ति अपनाउनमा नेपाली राजनीतिज्ञ दोषि छन् । नेपालका बरिष्ठ नेताहरु सधै सरकार परिवर्तन गर्नुपर्यो भन्ने भारत दौडाहामा निस्कन्छन् । भारतसंग सधै हात फैलाएर सहयोग माग्ने गर्दछन् । नेपालीलाई स्वयं आत्मनिर्भर बनाउनतर्फ कसैले यस अगाडि सोचेनन् । कुनै ठूलो निर्णय गर्नुपर्यो भने भारतीय दलका नेतासंग सल्लाह गर्ने प्रवृत्ति नै अहिलेको परिणाम हो । हामी आफैले आफ्नो निर्णय गर्ने हैसियत नराखेपछि भारतले हस्तक्षप गर्नु स्वभाविक नै हो ।
पदका लागि राष्टियताको शंक फुकेर जनतलाई भ्रममा कसैले पार्नु हुदैन । हरेक निर्णयमा छिमेकीलाई गुहार्र्ने नेताहरुको रवैयाको परिणाम नै हो अहिलेको अबस्था । कुनै सल्लाह नै नगरी एक्कासी संविधान जारी गर्दा छिमेकीको मन कुडिएको पनि हुन सक्छ । त्यसलाई कसरी हुन्छ समाधानको बाटोतर्फ लैजानु उत्तम हुन्छ । नत्र भोक भोकै मर्ने हामी नेपाली जनतानै हौ । हामीलाई राजनीतिज्ञले देखाएको यो खोक्रो राष्टियताको नाटकले एक छाक खान पुग्दैन । पानी हालेर गाडी हाक्न सकिदैन ।
प्रशंग बावुरामकै राजनीतिमा जोड्न चाहेको हो मैले । यस्तो पिडामा परेको अबस्थामा बावुरामले भारतको इशारामा वा कुनै आन्दोललनमा सहयोग गर्न राजीनामा गरेका हुन् भने जनताले उनलाई माफ गर्ने छैनन् । यदि बावुराम नेपाललाई अब परनिर्भर नभइ आत्मनिर्भर बनाउने खाका सहित आर्थिक एजेण्डा लिएर अगाडि बढ्न चाहन्छन् भने उनको कदलाई राम्रै मान्नु पर्दछ । राजनीति र नेताको यस्तो विदेश परस्तशैली, सत्ताको खेलबाट वाक्क भएर साधारण जनताको नेतृत्व गर्न तयार छन् भने बावुरामको कदमलाई स्वागत गर्ने पर्दछ । बावुरामको ब्यबहार र अनुहारमा समान हुनु पर्दछ । उनमा कुनै पार्टीको छवी अब देखिनुहुदैयसको लागि बावुरामले तत्काल नयाँ पार्टी खोल्ने खेलमा लाग्नुहुदैन । उनी विनासको राजनीतिमा नलागेर विकासको राजनीतिमा लाग्नुपर्दछ । बावुरामले साच्चिकै जनताको सेवा गर्न चाहेका हुन् उनको यो राजीनामा बुद्धत्व मार्ग बन्न सक्छ र भोलीका राजनीज्ञिलाई प्रेरणाको स्रोत पनि । जय नेपाल । जय देश ।

Spread the love