सिराहामा भैंसी जुलुस

beffalo war
सिराहा – तराई–साउन ३० गतेदेखि सुरु भएको आन्दोलनपश्चात् धेरै आन्दोलनकारी तथा सर्वसाधरण गोलीको शिकार भए । मधेसमा रुवावासी र कोलाहल मच्चियो । अहिले आन्दोलनको रुप र स्वरुप फेरिएको छ । मधेसमा जारी आन्दोलनले सोमबार डेढ महिना पूरा भएको छ ।   विरोध जुलुस प्रदर्शनबाट सुरु आन्दोलनले विभिन्न चरण पार गर्दै कहिले राजमार्ग अवरोध, मसाल जुलुस, सडक अवरोध, सरकारी तथा तीन दलका कार्यालय तथा सवारी साधनमाथि तोडफोड र आगजनीहरु गरिए ।  भैंसीको सिङमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकलम दाहाल, कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला र गृहमन्त्री बामदेव गौतमको ट्याग बनाएर भुण्ड्याइएको दृश्य हेर्दा रोमाञ्चक देखिएको थियो ।
मधेसमा बिरोध जुलुस, मसाल जुलुसलाई सामान्य रुपमै लिइन्छ । तर जारी आन्दोलन डेढ महिनासम्म आइपुग्दा अनौठो र रोचक खाले विरोधको शैलीसमेत देखिन थालेको छ । विरोधका शैलीअन्तर्गत सिराहामा भैंसी जुलुस प्रदर्शन गरिएको छ ।यसबाहेक सिटी जुलुस, धोती जुलुस, पुत्ला दहन, सांस्कृतिक जुलुस, कालो दिन, कुकुर जुलुस गर्दै सिराहामा भैंसी जुलुस प्रदर्शन गरिएको हो ।  –एजेन्सी
Spread the love