‘द फेस’मा भिड्दै

काठमाडौं : व्यावसायिक मोडल उत्पादन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको ‘द फेस’मा  प्रतियोगितामा २६ जना युवकयुवती अन्तिम प्रतिस्पर्धामा भिड्दै छन्। उनीहरू केही समयको प्रशिक्षणपछि शनिबार आयोजना हुने अन्तिम प्रतिस्पर्धामा उत्रन लागेका हुन्।  प्रतिस्पर्धामा उत्रन लागेका प्रतियोगीमा सुर्जिना श्रेष्ठ, हेमन जोशी, सोफिया भण्डारी, क्रान्ति चन्द, निश्चल दत्त, सारिका कटवाल, नीना बुढाथोकी, अभिषेक गिरी, क्रिस्टिना अधिकारी, कृति हमाल, अनोज विश्व, अञ्जना बराइली, सन्ध्या तामाङ, नारायण प्याकुरेल, अस्मिता बराल छन्। सुशील चौधरी, बीना महर्जन, निर्माला धिमाल, युद्ध बानियाँ, रोजिना माझी, प्रश्ना सिंह ठकुरी, नाजरुल मियाँ, कृपा अधिकारी, ब्रबिम श्रेष्ठ, स्वीकृति प्याकुरेल र शीतल श्रेष्ठ प्रतियोगितामा सामेल हुँदै छन्। उनीहरूलाई मोडल तथा कोरियोग्राफर सृजना रेग्मीले प्रशिक्षण दिइरहेकी छन्। यु क्यान फ्लाईले यो प्रतियोगिता आयोजना गरिरहेको छ।

Spread the love