स्पेन विश्वकपबाट बाहिरियो

स्पेन विश्वकपबाट बाहिरियो

मस्को : सन् २०१० को विश्वकप विजेता स्पेन रुस विश्वकपको अन्तिम १६ बाट बाहिरिएको छ । ९० मिनेट र थपिएको ३० मिनेटमा रुससँग १–१ बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुगेको थियो । स्पेनले पेनाल्टी मिस गर्दा रुस ४-३ले विजयी भएको हो । रुस उद्घाटन खेलमा साउदी अरेबियालाई ५-० ले पराजित गर्दै चर्चामा आएको टिम हो। दोस्रो खेलमा इजिप्टलाई ३-१ ले पराजित गर्दै दुई खेलबाट ६ अंक जोडेको रुस एक खेल खेल्न बाँकी हुँदै अन्तिम १६ मा प्रवेश गरेको थियो।  आयोजक रुसले ९० मिनेटसम्म स्पेनलाई १–१ को बराबरीमा रोकेको थियो । खेलमा स्पेनको अग्रतालाई रुसले ४१ मिनेटमा रोकेपछि ९० मिनेटसम्म कतैबाट गोल हुन सकेन ।  सर्गी इग्नासेभिचले स्पेनका आसेन्सियोले प्रहार गरेको प्रिकिकको बल क्लियर गर्न खोज्दा आत्मघाती गोल भएको थियो। रुसले स्पेनका खेलाडीलाई डी बक्स नजिकै लडाएपछि १२ मिनेटमा  फ्रिकिक पाएको थियो। १२ औँ मिनेटमा आत्माघाती गोल गरेको रुसले ४१ मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै १–१ को बराबरी बनाएको थियो। रुसको डि बक्सभित्र स्पेनका डिफेन्डर जेरार्ड पिकेले ह्यान्ड गरेपछि रुसले पेनाल्टी पाएको थियो । पेनाल्टीलाई रुसका आर्टिम ज्युवाले सुन्दर गोलमा परिणत गरेका थिए।