सेयर बजारमा तीव्र उतारचढाव

सेयर बजारमा तीव्र उतारचढाव

आज सेयर बजारमा तीव्र उतारचढाव आउँदा  उच्च कारोबार भएको छ। आज ३ अर्ब ४५ करोड रुपैयाँको सेयर किनबेच भएको छ। नागरिक लगानी कोषको  ११ करोड ४७ लाखको सेयर कारोबार हुँदा मूल्य १८८.५ रुपैयाँ बढेको छ।  शिवम् सिमेन्टको १० करोड ८७ लाखको सेयर कारोबार हुँदा मूल्य १५ रुपैयाँ बढेको छ। आज सेयर बजारमा २१२ वटा स्टकको मूल्य बढेको छ।

सेयर बजारमा तीव्र उतारचढाव

आज सेयर बजारमा तीव्र उतारचढावआउँदा कारोबारमा सुधार देखिएको छ। सेयर बजार सूचक (नेप्से) ४.६८ अंकले बढेर १९३२.३३ बिन्दुमा उक्लिएको छ। दिनभरीमा २ अर्ब ३६ करोड ८८ लाख रुपैयाँको किनबेच भएको छ।हिजो मंगलबार बजार २५ अंकले बढेर १९२७ बिन्दुमा बन्द भएको थियो। बुधबार त्यो बिन्दुबाट २३ अंक बढेर १९५० बिन्दुसम्म पुगेको बजार त्यसयता निरन्तर तल आएको थियो। कारोबारका आधारमा आज सोल्टी होटल शीर्ष स्थानमा छ। नाफा बुक गरेर निस्किने लगानीकर्ता बढ्दा आज यस कम्पनीको सेयर कारोबार बढेको छ।

 

पूँजी बजार सुधारका लागि आन्दोलनका कार्यक्रम घोषणा

सेयर लगानीकर्ताहरुको भेलाले पूँजी बजार सुधार र बिकासका लागि तिलक कोइरालाको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठनसहित दबाबमुलक कार्यक्रमहरु घोषणा गरेको छ । सरकारलेसाढे तीन बर्ष अघि नै गरिसक्छु भनेका कामहरु नहुँदा पूँजी बजारमा गंभीर संकट आएको भन्दै १९ बुंदे मागसहित कोइराला असार १ गतेदेखि आमरण अनशनमा बस्ने घोषणा गरिसकेका छन् । लगानीकर्ताहरुले जेठ २३ गते धितोपत्र बोर्डमा कालोपट्टीसहित प्रदर्शन गर्ने, २४ गते अर्थ मन्त्रालय जाने, २५ गते प्रधानमन्त्रीलाई भेट्ने, २६ गते राजनीतिक पार्टीहरुसँग छलफल गर्ने, २७ गते माईतीघर मण्डलादेखि बानेश्वरसम्म कालो ब्यानरसहित जुलुस गर्ने र २९ गते पूँजी बजारका बिज्ञहरुसहित बृहत छलफल गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् ।

काठमाडौको भृकुटीमण्डपमा जेठ २१ गते भएको एक सय जना भन्दा बढी लगानीकर्ताहरुको भेलाले पूँजी बजार सुधार र बिस्तारका लागि दबाबमुलक कार्यक्रमहरु गर्ने निर्णय गरेको छ ।