विदेशीले पनि नेपालमा ‘क्यूआर कोड’ बाट भुक्तानी गर्नसक्ने,

विदेशीले पनि नेपालमा ‘क्यूआर कोड’ बाट भुक्तानी गर्नसक्ने,

मोबाइल बैंकिङको भिसा नेटवर्कमा जोडिएका पर्यटकले नेपालमा ‘क्यूआर कोड’ बाट वित्तीय कारोबार गर्न पाउने भएको  छ। विदेशी जो नेपाल आउँछन् उनीहरुले अब फोनपेले बनाएको क्यूआरबाटै भुक्तानी गर्न सक्नेछन्। भिसा कार्ड होल्डरहरुले अब हाम्रो क्यूआरबाटै भुक्तानी गर्न मिल्ने फोनपेका सहायक प्रमुख कार्यकारी अधिकृतले जानकारी दिएको छ। नेपालको फोनपे नेटवर्कले भिसासँग मिलेर क्यूआर भुक्तानीलाई विदेशी पर्यटकको पहुँचमा पुर्याएको छ।

प्रयोगकर्ताहरु जसको मोबाइल बैंकिङमा भिसा नेटवर्क इनेबल छन् उनीहरुले सजिलै फोनपेको क्यूआर कोडबाट क्यास कारोबार गर्न सक्ने फोनपेका सहायक प्रमुख कार्यकारी अधिकृतले जानकारी दिएको छ। दुई वर्षअघि स्थापना भएको फोनपेमा हाल ५ लाख ७० हजारभन्दा बढी मर्चेन्ट छन्। बैंक तथा वित्तीय संस्था एवम् भुक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाइल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएको कम्पनीले जनाएको छ।