अर्थमन्त्रीमा विष्णु पौडेल आउने चर्चासँगै तिब्र गतिमा शेयर बजार वृद्धि

अर्थमन्त्रीमा विष्णु पौडेल आउने चर्चासँगै तिब्र गतिमा शेयर बजार वृद्धि

संसदमा दोस्रो ठूलो नेकपा एमालेको समर्थनमा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी र जनमत पार्टी लगायत सात दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्न लागेका हु्न । नयाँ मन्त्रीमण्डलमा एमालेको तर्फबाट अर्थमन्त्रीको जिम्मेवारीमा एमाले उपाध्यक्ष विष्णु पौडेलले नेतृत्व गर्ने तयारी छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बेलुकी ४ बजे प्रधानमन्त्रीको सपथ लिंदैछन् ।

पौडेल पुनः अर्थमन्त्री हुने चर्चासँगै शेयर बजार तिब्र गतिमा बढ्न थालेको छ । नेप्से परिसूचक १८८० र पछिल्लो ३२०० हुँदा विष्णु पौडेल नै अर्थमन्त्री थिए । शेयर मैत्री छवी बनाएका पौडेल अर्थमन्त्री बन्ने चर्चा सँगै शेयर बजार  ४७ विन्दुले बढेर नेप्से परिसूचक १९१४ मा पुगिसकेको छ ।

एसएमएसबाटै शेयर बजारकाे जानकारी – नेपाल टेलिकम

नेपाल टेलिकमका सिम प्रयोगकर्ताले पनि अब एसएमएसबाटै शेयर बजारकाे जानकारी लिन सक्ने छन् । नेपाल टेलिकमका सिम प्रयोगकर्ताले पनि अब एसएमएसको माध्यमबाट शेयर बजार सम्बन्धी जानकारी   विभिन्न समाचार माध्यमको विकल्पमा आफुले लिन चाहेको शेयरबजार सम्वन्धि जानकारी एसएमएसबाट पनि प्राप्त गर्न सक्ने भएका हुन । शेयर बजारका लगानीकर्ता इन्टरनेटको पहुँच भन्दा बाहिर रहेको अवस्थामा पनि शेयर सम्वन्धि जानकारी लिन सकिने गरी यो सेवा प्रदान गरिएको  छ । मेरोलगानी एसएमएस अर्लट्स योजना अन्तर्गतका सेवाहरु एनसेल र नेपाल टेलिकम दुवैबाट लिन सकिने छ । यसअघि एनसेलबाट मात्रै यस्तो सेवा लिन सकिने भएपनि अब नेपाल टेलिकमबाट पनि एसएमएस सेवा सुरु गरिएको छ ।

नेपाल टेलिकमका सिम प्रयोगकर्ताले *३१०५१*२# डायल गरी एसएमएस सेवा लिन सक्नु हुने छ । एसएमएस सेवामा आईपीओ, एफपिओ, म्युचुअल फण्ड, डिबेञ्चर लगायतकाे बारेकाे  जानकारी तुरून्त प्राप्त गर्न सक्नु हुने छ । साथै कम्पनीका साधारण सभा, राइट शेयर, बाेनस सेयर र लाभांशकाे बारेमा पनि तुरून्तै सूचना पाउनु हुने छ ।