सगरमाथाको  नामाकरण

सगरमाथाको  नामाकरण

सगरमाथा संसारको सबैभन्दा अग्लो चुचुरो हो । यसको उचाई समुन्द्र सतहबाट ८,८४८.८६ मिटर (२९,०३१.६९ फिट) छ । सन् ८ डिसेम्बर २०२० अगाडी यसको उचाई समुन्द्र सतहबाट ८,८४८ मिटर मानिएको थियो ।  सगरमाथा नेपालको सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्छ । तिब्बती भाषामा यसको नाम चोमोलुङ्गमा हो । विशेष गरी थुलुङ राई स्थानियवासीहरू सगरमाथालाई चोमोलुङ भन्दछन् । सगरमाथालाई सन् १८६५ मा ब्रिटिस सर्भेयर कर्णेल सर जर्ज एभरेस्टको नाममा माउन्ट एभरेस्ट नामाकरण गरिएको थियो ।पछि सन् १९५६ (बि.स. २०१२) मा इतिहास शिरोमणि बाबुराम आचार्यले यसको नाम सगरमाथा राखेका हुन साथै उनले सगरमाथाको नेपाली नाम झ्यामोलोङ्मो पनि लेखेका छन् ।  यसलाई कतै कतै देवढुङ्गा  पनि भन्ने गरेको पाइन्छ । सगरमाथा शिखरमा सर्वप्रथम, सन १९५३ मे २९ तारिखको बिहान ११:१५ बजे, नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एड्मन्ड हिलारीले पाइला राखेका थिए ।

mount everest

विश्वमै पहिलोपटक एचआईभि संक्रमीत सगरमाथा चड्ने

काठमाण्डौं, विश्वमै पहिलोपटक एचआईभि संक्रमीत व्यत्ति सगरमाथा चड्ने भएका छन् । पोखरा ७ बस्ने गोपाल श्रेष्ठ बिश्व समुदाय माझ एचआईभि एड्का बारेमा ध्यान केन्द्रीत गराउने उदेश्यका साथ सगरमाथा चड्न लागेका हुन् । कयौं व्यत्तिहरुले विश्वको सर्वोच्च सिखर सगरमाथाको आरोहण गरीसकेको भएपनि समाजमा खुलेर आएका एचआईभि संक्रमित सगरमाथा चडेका छैनन् । काठमाण्डौैंमा एक कार्यक्रमको आयोजना गरी श्रेष्ठले आफु सगरमाथा चड्ने बारे सार्वजनीक गरेका हुन् ।

बिगत १० बर्ष देखि एचआईभि र लागु औषधको क्षेत्रमा निरन्तर काम गर्दै आएका श्रेष्ठले एचआईभि संक्रमीतहरु पनि समाज र राष्ट्रका लागी केहि गर्न सक्छन भन्ने देखाउन आफु सगरमाथा चड्न लागेको हुन् ।