लकडाउनमा चर्को जाम

लकडाउनमा चर्को जाम

काठमाडौँ : चैत ११ देखि थालिएको लकडाउनको ४७ औं दिन आइतबारदेखि सरकारले राजधनीमा चल्ने सवारीसाधनका लागि ‘टाइम कार्ड’ लागू गरेको छ । लकडाउनमा चर्को जाम छ । भने अतासियका काडमाडौ बासी निजि सवारीमा घर बाहिर निस्कनेको भिड उल्लेखिय देखिन्छ । आइतबार बिहानै सडकमा यसको प्रभाव छ । लकडाउनका कारण अत्यावश्यक सेवाका सवारीमात्रै चलिरहेका भए पनि सडक हेर्दा सवारीको चापमा कुनै कमी देखिदैन । 

लकडाउन खुकुलो गर्न कार्ययोजना

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले लकडाउनलाई खुकुलो र खुला गर्ने उद्देश्यसहित सरकारले कोभिड–१९ बहिर्गमन रणनीति तयार पारेको छ । कोभिड–१९ को सम्भावित महामारी कम गर्न ४० दिनदेखि जारी लकडाउनले सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको र मुलुकको आर्थिक अवस्थासमेत कमजोर हुँदै गएको विश्लेषण गर्दै सरकारले सो कार्ययोजना तयार पारेको हो । जसअनुसार अब स्वास्थ्यसम्बन्धी तथ्यांक र वैज्ञानिक विश्लेषणका आधारमा देशका विभिन्न भागलाई हरियो क्षेत्र (ग्रिन जोन), पहेँलो क्षेत्र (एलो जोन) र रातो क्षेत्र (रेड जोन मा विभाजन गरिनेछ । ग्रिन जोनमा पर्ने जिल्ला तथा क्षेत्रमा लकडाउन हटाएर सबै क्रियाकलाप खुला राखिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।

सावधान ! लकडाउन उल्लंघन गरे ६ महिना कैद

११ चैत, काठमाडौं : देशभरका नेपालीहरुलाई चैत ११ गतेदेखि चैत १८ गतेसम्म बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म घरबाट बाहिर निस्कन रोक लगाइएको छ । काठमाडौंमा एक जनामा कोरोना संक्रमण पुष्टि भएलगत्तै सरकारले देशलाई लकडाउने गर्ने निर्णय गरेको हो । नेपाल सरकारले कोरोना भाइरस संक्रमणको महामारी रोक्ने प्रयासमा एक साताका लागि देशलाई ‘लकडाउन’ गरेको छ ।