गोरेटो निर्माणमा सक्रिय अधिकारी

गोरेटो निर्माणमा सक्रिय अधिकारी

निराजन ढुङ्गाना : काठमाडौको टोखा बिभिन्न सास्कृतिक, पर्यटन तथा धार्मिक क्षेत्रको रुपमा प्रशिद्घ स्थानहो । टोखा नपा भित्र रहेका चण्डेश्वरी, सपनतिर्थ, भुतिखेल, बौडेश्वर महादेश, जलेश्वर महादेव, पुरानो गोसाँइ कुण्ड (महाँकाल देवी) शिवपुरी राष्ट्रिय निकुञ्ज आदि रहेका छन् ।
शिवपुरिको काख किनारमा हाल पदमार्ग निर्माणको थालनी भैरकेको छ । बि.स २०७२ चैत्र ८ गते देखि थालीएको पदमार्ग हाल ३ कि.मि. निर्माण सम्पन्न भैसकिएको छ भने आर्थिक अभाबको कारण अन्य निर्माण कार्य अगाडी बड्न सकेको छैन । टोखा नगरपालीका तथा स्थानीयको चासो कम हुन थालेकोले सो पदमार्ग निर्माणा गर्न को आर्थिक सहयोग जटाउन नेपाल पर्यटनबोडमा पनि ताकेता गरिएको कुरा जानकारीमा आएको छ ।
टोखा लगायत चण्डेश्वरी, बज्रयोगिनी, सपनातीर्थ, गुप्तेश्वर, गौतमेश्वर, महाँकालदेवी, जलेश्वर, वनकाली ९कालिकादेवी०, बौंडेश्वर महादेव, तारकेश्वर महादेव लगायतका प्रसिद्ध मन्दिरहरु समेटिने यस पदमार्ग मार्फत स्थानीय जनताहरु समेत लाभान्वित हुन सक्नेछन् । काठमाडौं भित्रका तर प्रचारमा आउन नसकेका यी विभिन्न मन्दिरहरुको प्रचारप्रसारमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।  padyatra nirman
चण्डेश्वरी वौंडेश्वर पदमार्ग खण्ड ९।२१ किलोमिटर यसैगरी चण्डेश्वरी देखि तारकेश्वर सम्म १३।४६ किलोमिटर रहेको छ । सम्पूर्ण पदमार्ग निर्माण कार्य भइसक्दा करिब १६ किलोमिटर हुन जानेछ ।

पदमार्ग निर्माण गर्न यसै टोखा न.पा. –१ का कृष्ण प्रसाद अधिकारीको सक्रियता रहिरहेको छ । टोखा न.पा.भित्रको गौरवको योजना अन्र्तगत थालनी भएको यो योजना हाल आर्थिक अभाबमा निर्माण कार्यलाई अघि बडाउन नसकिएको र नगर पालीकाले यो आर्थिक बर्षमा छुट्याइएको करिव ५लाख ले अन्य थप निर्माण गरिदै लाने जानकारी अधिकारीले दि पावर न्युजलाई गराउनु भयो ।
यो पदमार्गको महत्व र पदमार्ग निर्माण पछि स्थानीयलाई हुने लाभ नबुझेकाले गर्दा यो पदमार्ग प्रति त्यति चासो नदेखियको अधिकारीको गुनासो छ ।26942978_1654650667929566_974396454_n