वातावरण संरक्षणका लागी वृक्षारोपण कार्यक्रम सम्पन्न

Envarment

वातावरण संरक्षणका लागी वृक्षारोपण कार्यक्रम सम्पन्न

भरत सन्तोषी, नुवाकोट – लायन्स अन्तराष्टिय डिस्ट्रिक्ट ३२५ बि १ अन्तर्गत लायन्स क्लब अफ काठमाण्डौ मिडटाउन र लायन्स क्लब अफ काठमाण्डौ भृकुटीको संयुक्त आयोजनामा भद्रुटार १ नुवाकोट स्थित रातमाटे बन उपभोक्ता समिती को संरक्षण क्षेत्रभित्र पर्ने खाली तथा भिराला पाखाहरुमा बृहत रुपमा वृक्षारोपण कार्यक्रम सम्पन्न ग¥यो । उक्त कार्यक्रममा क्लबको तर्फबाट १००० सिसौका विरुवा रोपियोे साथै सोही स्थानमा लायन्स क्लबको कार्यक्रमलाई अझ उत्साह थप्दै सोही दिन सोही स्थानमा उक्त बन उपभोक्ता समितीले समेत ७०० सल्लाका बिरुवा रोप्ने कार्य सम्पन्न ग¥यो । झण्डै १०० जनाको स्थानीय बासीन्दा समेत उपस्थित उक्त कार्यक्रममा बोल्दै लायन्स क्लब अफ काठमाण्डौ मिडटाउनका अध्ययक्ष महेश पाण्डेले वातावरण संरक्षणमा लायन्स क्लव लागी परिरहेको बताउ“दै आगामी दिनमा समेत उक्त क्षेत्रको वातावरणीय तथा सामाजीक उत्थानमा विशेष पहल गर्ने प्रविबद्धता व्यक्त गर्दै उपस्थित बासिन्दालाई पनि अभियानमा हातेमालो गर्न अपिल गर्नुभएको थियो ।