मन्त्री र स्थानीय तहका पदाधिकारीहरूले पालना गर्नुपर्ने आचरण

मन्त्री र स्थानीय तहका पदाधिकारीहरूले पालना गर्नुपर्ने आचरण

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित एवं मितव्ययी ढंगले सम्पन्न गराउन निर्वाचन आयोगबाट जारी निर्वाचन आचारसंहिता, २०७९ ले नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले त्यसरी निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा पालना गर्नुपर्ने आचरणहरूको व्यवस्था गरेको छ ।

आचारसंहिताको दफा ५ को खण्ड (क) ले नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले निर्वाचन प्रचार प्रसारका क्रममा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरेको छ । संशोधित आचारसंहिताबमोजिम निर्वाचनमा आफैँ उम्मेदवार भएका मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्रमा निर्वाचन प्रचार प्रसारमा संलग्न हुन सक्नेछन् । त्यसरी प्रचार प्रसार गर्दा सरकारी साधन स्रोतको प्रयोग गर्न भने आचारसंहिताले रोक लगाइएको छ ।

ती व्यवस्थाहरूकोे पालना गर्न तथा गर्न लगाउन निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत नेपाल सरकारका मन्त्रीहरूलाई तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत प्रदेश सरकारका मन्त्रीहरूलाई निर्देशन दिइसकेको छ । आचारसंहितामा नेपाल सरकारका मन्त्रीले आयोगको सहमति लिई त्यसरी सहमति लिएको स्थानमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन र प्रदेश सरकारका मन्त्रीले प्रदेश निर्वाचन कार्यालय मार्फत वा सोझै आयोगको सहमति लिई त्यसरी सहमति लिएको सम्बन्धित प्रदेशभित्रको स्थानमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन सक्ने व्यवस्था रहेको छ ।

आचारसंहिताबमोजिम स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन सक्नेछन् ।

प्रत्यक्षतर्फको मतगणना सकियो – पाँचमात्रै राष्ट्रिय पार्टी

काठमाडौँ : मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका १६५ वटै क्षेत्रको परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना पनि आधाभन्दा बढी सकिएको जनाइएको छ ।  आएको निर्वाचन आयोगका अनुसार सुनसरी क्षेत्र नम्बर ३ को बुधबार बिहान मतपरिणाम आएसँगै प्रत्यक्षतर्फका मतगणना सम्पन्न भएको हो ।
अहिलेसम्मको मतपरिणामलाई हेर्दा पाँच पार्टी राष्ट्रिय पार्टी हुने छन् भने राप्रपा प्रजातान्त्रिक, नेमकिपा, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति नेपाल जसले प्रत्यक्षतर्फ एक/एक सिट ल्याएका छन् । संसदमा उनीहरुको हैसियत स्वतन्त्रको रहने छ ।  हुम्लाबाट स्वतन्त्र रुपमा निर्वाचित छक्कबहादुर लामा नेकपा माओवादीमा प्रवेश गरेनन् भने उनी स्वतन्त्रकै हैसियतमा रहने छन् ।
 सुुनसरी ३ मा नेपाली कांग्रेसका उम्मेदवार एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदार झिनो मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । संघीय समाजवादी फोरमले २ लाख ५१ हजार, राजपा नेपालले १ लाख ८३ हजार र राप्रपाले १ लाख ३२ हजार, विवेकशील साझा पार्टीले १ लाख २२ हजार, नयाँ शक्ति पार्टीले ५६ हजार, राप्रपा प्रजातान्त्रिकले ४४ हजार,  राष्ट्रिय जनमोर्चाले ३५ हजार मत ल्याएका छन् ।  उनले ३८ हजार ९७२ मत ल्याउने क्रममा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीलाई ३२१ मतले पराजित गरेका थिए । अन्तिम मत परिणामअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ नेकपा एमालेले ८०, नेकपा माओवादी केन्द्रले ३६ र नेपाली कांग्रेसले २३ सिटमा विजयी बनेका छन् ।
 यस्तै, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले ११ र संघीय समाजवादी फोरमले १०, नयाँ शक्ति पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक/एक सिट जितेका छन् । हुम्लाबाट स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा निर्वाचित भएका छन् । उनी माओवादी केन्द्रबाट बागी उम्मेदवार बनेपछि पार्टीले कारबाही गरेको थियो । समानुपातिकतर्फ प्राप्त पछिल्लो मत परिणामअनुसार एमालेले १९ लाख ८१ हजार, कांग्रेसले १८ लाख ९५ हजार र माओवादी केन्द्रले ७ लाख ६४ हजार मत प्राप्त गरेका छन् ।