भुकम्प सम्बन्धि लोकगीत प्रतियोगिता सम्पन्न

भुकम्प सम्बन्धि लोकगीत प्रतियोगिता सम्पन्न

 भुकम्प सम्बन्धि चेतनामूलक लोकगीत प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ।नुवाकोटको शिवपुरी गाउपालिका वडानम्बर ७ स्थित सुनखानीको ठुलो पाटामा उक्त कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रम गैरसरकारी सस्था कार्डसन नेपाल र मर्सीकोअर नेपालको संयुक्त आयोजना मा भएको हो।कार्यक्रममा शिवपुरी गाऊपालिका ७ का विभिन्न ४ समूहले प्रतियोगितामा भाग लिएका थिए। प्रतियोगितामा चर्चित गीतकार भरतसन्तोषी लामा र उषा थपलियाले निर्णायक नतिजा प्रस्तुत गरेका थिए भने सुनखानी बहुउद्देश्यीय सस्थाका प्रकाश पाण्डेले कार्यक्रम संचालन गरेका थिए।प्रतियोगितामा बिन्दा तामाङको समूह सुनखानी देवी स्थान समूहले प्रथम पुरस्कार प्राप्त गरेको थियो भने सन्तबहादुर डङोलको समुह घ्याम्पेश्वरी कृषक समूह दोश्रो र नयाँ वस्ती कृषक समूहले तेस्रो पुरस्कार प्राप्त गरेका थिए।