जोन्सन एण्ड जोन्सनको कोरोना खोप ८८प्रतिशत प्रभावकारी

जोन्सन एण्ड जोन्सनको कोरोना खोप ८८प्रतिशत प्रभावकारी

अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) का विशेषज्ञहरुले जोन्सन एण्ड जोन्सनले विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ८८ प्रतिशत प्रभावकारी देखिएको बताएको छ ।

जोन्सन एण्ड जोन्सन कम्पनीले आफूले विकास गरेको खोप लक्षण नदेखिइकन हुने संक्रमण नियन्त्रणको लागि पनि प्रभावकारी हुनेएफडीएका विशेषज्ञहरुले बताएको छ ।

यो खोप कोरोनाका नयाँ प्रकार (भेरियन्ट) नियन्त्रणका लागि भने ६६ प्रतिशत प्रभावकारी पाइएको थियो । मानव परीक्षणको क्रममा यो खोपको प्रभावकारिता फरक फरक मुलुकमा फरक फरक पाइएको थियो ।

 

नेपालमा काेराेनाविरुद्धकाे चिनियाँ भ्याक्सिनको क्लिनिकल ट्रायललाई स्वीकृति

काठमाडौँ, भदौ९ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले चिनियाँ कम्पनी होङ् सीलाई तेस्रो चरणको ट्रायलको लागि मन्त्रीस्तरीय निर्णयबाट स्वीकृति दिइएको जानकारी दिनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपको तेस्रो चरणको क्लिनिकल ट्रायलको काम अगाडि बढाउन चिनियाँ कम्पनी होङ् सीलाई स्वीकृति प्रदान गरेको छ । तर होङ् सीले गर्ने तेस्रो चरणको ट्रायलमा चिनियाँ नागरिक मात्रै सहभागी हुने मन्त्रालयले प्रष्ट्याएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको मन्त्रीस्तरीय बैठकले चिनियाँ कम्पनी होङ्सीलाई भ्याक्सिन ट्रायलका लागि प्रारम्भिक काम अघि बढाउन अनुमति दिएको छ ।

कोरोना भाइरसको उपचारका लागि प्रभावकारी देखिएको प्लाज्मा थेरापी उपचार पद्धति र रेमडिसिभिर औषधिको क्लिनिकल ट्रायल गरिरहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषदले भ्याक्सिनको पनि ट्रायल गर्ने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले भने होङ् सीको प्रस्तावमाथि अध्ययन भइरहेको जनाएको छ । मन्त्रालयले क्लिनिकल ट्रायलबारे अध्ययन र अनुसन्धान गर्न परिषद्लाई जिम्मेवारी दिएको छ ।होङ् सीले प्रस्तावसँगै पहिलो र दोस्रो चरणमा प्राप्त नतिजासहितको विवरण मन्त्रालयलाई बुझाएको थियो ।

नेपालमा तेस्रो चरणको कोभिड–१९ विरुद्धको खोपको क्लिनिकल ट्रायलका लागि तीन वटा कम्पनीले इच्छा देखाएको छ । जसमध्ये चीनको होङ् सी, बेलायतको अक्सफोर्ड विश्वविद्यलायको अष्ट्रा जेनेका र रुसको गेमेलिया हुन् । अक्सफोर्ड विश्वविद्यालयसँग पहिलो चरणको छलफल सकिएपनि दोस्रो चरणको लागि विश्वविद्यालयले आफैँ जानकारी गराउने जनाएको छ । रुसी खोप निर्माता गेमेलियाको तेस्रो चरणको क्लिनिकल ट्रायलका लागि रुसी राजदूतसँग समन्वय भइरहेको परिषद्ले जनाएको छ । डा. ज्ञवालीका अनुसार सो कम्पनीले नेपालमा रहेको होङ्सी शिवम् सिमेन्ट उद्योगमा कार्यरत एक हजार चिनियाँ कामदारमाथि भ्याक्सिनको तेस्रो चरणको परीक्षण गर्न अनुमति मागेको छ ।