२४ घण्टामा ३४७९ संक्रमित थपिँदा ६६३६ निको

२४ घण्टामा ३४७९ संक्रमित थपिँदा ६६३६ निको

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ३४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधिमा थप ६६३६ जना निको भएका छन् भने थप ९९ जनाको ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा थप  १० हजार ४७१ जनाको पीसीआर परीक्षण गर्दा  ३०२४ जना तथा ३२६२ जनाको एन्टिजेन परीक्षण गर्दा ४५५ जनामा संक्रमण पुष्टि भएको हो ।

 

 

उपत्यकाका ८७ जनामा कोरोना संक्रमण

२२ साउन, काठमाडौं : काठमाडौं उपत्यकामा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै ८७ जनामा कोराना पुष्टि भएको छ । बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ८७ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा मात्रै ७६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा १० र भक्तपुरमा १ जनामा संक्रमण पुष्टि भएको छ ।

 

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुग्यो

काठमाडौँ : नेपालमा कोरोना संक्रमणबाट  थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको  बताइएको छ ।

मृत्यु हुनेमा पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ११ श्रीपुर निवासी ५६ वर्षीय पुरुष , पर्सा जिल्ला वीरगन्ज महानगरपालिका १६ निवासी ३५ वर्षीय ,पर्सा जिल्ला वीरगन्ज महानगरपालिका २ छपकैया निवासी ६५ वर्षीय पुरुषको मृत्यु ,पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ११ स्थायी घर भइ ललितपुर थसीखेल–५ बस्ने  ६५ वर्षीया महिलाको पनि कोरोना संक्रमणले मृत्यु भएको छ ।

 

नेपाल कोरोनाको अति उच्च जोखिमको सूचीबाट हटायो – डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई अति उच्च जोखिमको सूची (लेभल ४)बाट हटाएर उच्च जोखिमको सूची लेभल ३ मा झारेको छ । नेपालले पछिल्लो समय पीसीआर र र्‍यापिड टेष्टको दायरा ह्वात्तै बढाएको, संक्रमण रोक्न लकडाउनलाई कडाईका साथ लागू गरेको, आइसोलेसन वार्ड बढाएको, क्वारेन्टाइन गर्ने कार्य स्थानीय तहले कडाईका साथ लागू गरेको छ । कोरोना नियन्त्रणमा नेपालको सक्रियता र नतिजाको आधारमा जोखिम सूचीमा सुधार भएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बताए । ‘हामी पहिले लेभल ४ अर्थात अति उच्च जोखिमको सूचीमा थियौँ । तर त्यसलाई हामीले सुधार गर्‍यौँ, अहिले लेभल ३ मा झरेका छौँ ,’ उनले भने । कार्यको मूल्यांकन गरी नेपालको अवस्था दुई महिना अघिको तुलनामा सुधार भएको महानिर्देशक श्रेष्ठले बताए ।

कोरोना नियन्त्रणका लागि नेपालले चालेको कदम विश्वमै उत्कृष्ठ रहेको दोहो र्‍याए । ‘नेपालमा रोग देखियो भने अवस्था भयावह हुन्छ भन्ने थियो । स्रोत साधन छैन् पार लाउन सक्दैन, परीक्षण गर्न समेत सक्दैन भन्ने जो अनुमान थियो । त्यो हामीले गलत गरिदिएका छौँ । हामीले सातवटै प्रदेशमा तिब्रगतिमा प्रयोगशाला विस्तार ग र्‍यौँ, ७७ वटै जिल्लामा र्‍यापिड टेष्ट ग र्‍यौँ, अहिले देशभरका स्थानीय तहले संकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने कामलाई बढो व्यवस्थित ढंगले गरेको छ । संघ प्रदेश र स्थानीय तहको अभुतपूर्व कार्यले कोरोनाको सम्भावित भयावह अवस्था हुनबाट जोगाउन सफल भएको छ ।