संसद विघटनविरुद्ध सर्वोच्चमा ८ वटा रिट पेस

६ पुस, काठमाडौं : आइतबार राष्ट्रपतिबाट संसद विघटन स्वीकृत भएसँगै संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध धेरै कानुन व्यवसायी रिट लिएर सर्वोच्च अदालत पुगेको छ।  सर्वोच्चमा आइतबार ३ वटा रिट पेस भएकोमा सोमबार दिउँसो १ बजेसम्म थप ५ वटा रिट पेस भएको छ।  मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि अब यो निर्णय उल्ट्याउने विकल्प न्यायालय मात्र छ । त्यसैले कनिष्ठदेखि वरिष्ठसम्मका कानुन व्यवसायी प्रधानमन्त्री र राष्ट्रपतिलाई विपक्षी बनाएर संसद विघटनको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका छन् ।

संसद विघटनको विपक्षमा रहेका संविधानका जानकारहरूले अहिलेको संविधानले बहुमतप्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिएको बताउँदै आएका छन्।

Spread the love