धादिङका तीन क्याम्पसमा स्ववियु नेतृत्व

२०७३ फाल्गुन – शनिबार सम्पन्न पहिलो चरणको निर्वाचनमा सदरमुकामस्थित नीलकण्ठ बहुमुखी क्याम्पस र नौविसेस्थित मछिन्द्र क्याम्पसमा नेविसंघ र अखिल ९क्रान्तिकारी० को गठबन्धन विजयी भएको छ । जिल्लाका ३ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ । ५ सय ५७ मत खसेकामा सरोज पाण्डे ४ सय ११ मत ल्याएर अध्यक्ष भएका छन् । सचिवमा नेविसंघका दुर्गा श्रेष्ठ, कोषाध्यक्षमा अखिल क्रान्तिकारीका गजेन्द्र गुरुङ विजयी भएका छन् । त्यस्तै सदस्य पदमा नेविसंघका शिखा श्रेष्ठ, महेन्द्र तामाङ, कविराज श्रेष्ठ, वसन्ती गुरुङ र अखिल क्रान्तिकारीका उमेश लामिछाने विजयी भए । सभापति पदका लागि अनेरास्ववियुबाट जितबहादुर नेपाली र नयाँशक्ति विद्यार्थी युनियनबाट फिलेमोन तामाङ सभापतिका लागि प्रतिस्पर्धामा थिए । गजुरीस्थित आर्दश बहुमुखी क्याम्पसमा अनेरास्ववियुका रुपक गिरी सभापति निर्वाचित भएका छन् । उनले ८२ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका सुस्मिता तामाङले ५८ मत ल्याइन् । सचिवमा मानव तामाङ, कोषाध्यक्षमा कल्पना सुवेदी निर्वाचित भए । त्यस्तै सदस्यमा ठूलमाया उपरकोट्टी, सुजना खनाल, इच्छा सुवेदी, सिर्जना खतिवडा विजयी भए । समानुपातिकतर्फ शर्मिला श्रेष्ठ र विश्वास खरेल चुनिए । त्यसैगरी गजुरीस्थित आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियु र नयाँशक्ति विद्यार्थी युनियनको गठबन्धनले जित हासिल गरेको छ ।sobiu-nirbachan

Spread the love