भारतको उत्तराखण्डमा भीषण हिमपहिरो

नयाँ दिल्ली : भारतको उत्तराखण्डको चमोली जिल्लाको हिमाली क्षेत्रमा आइतबार बिहान गएको हिमपहिरो र धौलीगंगा नदीको बाढीले ठूलो मात्रामा जनधनको क्षति पुर्‍याएको छ । धौलीगंगा नदीमा आएको बाढीले चमोली जिल्लाको राइना गाउँस्थित ऋषिगंगा जलविद्युत परियोजना र बाँधमा क्षति पुग्नुका साथै त्यहाँ कार्यरत डेढ सयभन्दा बढी कर्मचारी बेपत्ता भएका छन् । भारतीय सन्चारमाध्यमहरुका अनुसार उत्तराखण्डको जोशी मठक्षेत्रस्थित हिमाली क्षेत्रमा बिहान करिब दस बजेको आसपासमा हिमपहिरो गएको थियो ।

Spread the love