हिमपातले अवरुद्ध त्रिभुवन राजपथ संचालनमा

१६ फागुन, हेटौंडा  :  बुधबार रातिदेखि भएको हिमपातका कारण  अवरुध  त्रिभुवन राजपथ खुलेको छ । सिमभञ्याङसहित उत्तरी मकवानपुरको शिखरकोट, चित्लाङ, फाखेलसहितका क्षेत्रमा हिमपात भएको बताइएको छ ।   ०६२ पछि अहिलेसम्मको उच्च हिमपात भएको बताइए पनि  भारी हिमपातका कारण अवरुद्ध भएको त्रिभुवन राजपथ खुलेको छ ।  झण्डै ३ हजार युवायुवती दामन, सिमभञ्ज्याङ क्षेत्रमा रहेका छन् ।  सडक सञ्चालन भएसँगै हेटौंडाबाट काठमाडौं जाने र काठमाडौंबाट हेटौंडा हुँदै चल्ने सवारी साधनहरु सञ्चालन भएका छन् ।

Spread the love