अब १२ कक्षामा एसएलसी !

slc-board-edukhabar

२३ जेठ, काठमाडौं – विधेयक पारित भएसँगै कक्षा एकदेखि आठसम्म आधारभुत र नौदेखि १२ सम्मलाई माध्यमिक तह बनाइएको छ । विद्यालय संरचनाले कानुनी मान्यता पाएसँगै अब राष्ट्रिय परीक्षा बोर्ड गठन हुने र त्यसले विद्यालय तहको अन्तिम परीक्षा (एसएलसी) कक्षा १२ पछिमात्र लिने छ । झण्डै दश वर्षपछि शिक्षा ऐन संशोधनको विधेयक संसदबाट पारित भएको छ । धेरै पटकको प्रयासपछि विधेयक संसदबाट पारित भएको हो । शिक्षा विधेयक पारित भएपछि अब उच्च माध्यमिक शिक्षा परिषद रहने छैन । माध्यमिक शिक्षा परीक्षाको सञ्चालन, समन्वय र व्यवस्थापन गर्न एक राष्ट्रिय परीक्षा बोर्ड रहनेछ । स्रोत :- नयाँ पत्रिका

Spread the love