पारस शाहको पारीबारीक सम्बन्ध सुधारीने संकेत

parash shaha

१२ साउन, काठमाडौं –  डिभोर्सको नजिकै पुगेको भनिएको पूर्वयुवराज पारस र हिमानीको सम्बन्धमा सुधारको संकेत देखिएको छन् । बैंककबाट फर्केयता पारस आफ्नो परिवारसित बसेका छैनन् । नेपाल आएको केही दिन धुम्बाराहीस्थित कुण्डलिनी अपार्टमेन्टमा बसेका उनी त्यसपछि धिरेन्द्रपुत्री शितास्माको घरमा बस्दै आएका थिए । पारस अचानक बिरामी भएर नर्भिक अस्पतालमा भर्ना भएपछि उनको पारिवारिक पुनर्मिलनको सम्भावना बढेको हो । पारसलाई भेट्न सोमबार भावुक मुद्रामा नर्भिक अस्पताल प्रवेश गरेकी हिमानी एक घन्टापछि उत्साही मुद्रामा बाहिर निस्किन् । पछिल्ला दिनहरुमा छोरा हृदयन्द्र तथा छोरीहरु पूणिर्का र कृतिका धेरैजसो बुबासँगै बस्दै आएका छन् । पारस शनिबार नर्भिक अस्पताल आउँदा छोरा हृदयन्द्रसँगै थिए ।

Spread the love