नुवाकोटको शिवपुरीस्थित सुईरे चौरमा स्वास्थ्य शिविर सम्पन्न

शिवपुरी,नुवाकोट। नुवाकोट जिल्ला को पुर्वी भेगमा अबस्थित शिवपुरी गाउँपालिका को वडा न ७ सुनखानीको सुईरे चौरमा जेनिसा एसोसिएसन,टप अफ द वल्र्ड टेरकिङ एण्ड टुर प्रालि तथा पञ्चकन्या भुमे आधारभुत विद्यालयको सयुक्त आयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।उक्त स्वास्थ्य शिविर मार्फत रगत को लेबटेष्ट परिक्षण, युरिन को लेबटेष्ट परिक्षण,स्वास्थ्य परिक्षण लगायतका सेवा प्रदान गरिएको थियो।उक्त स्वास्थ्य शिविरमा शिवपुरी आसपासका मानिसले निशुल्क सेवा लिएका थिए। स्वास्थ्य शिविरमा एक सय बिस जनाले सेवा लिएको पन्चकन्या आधारभुत विधालयका प्रध्यानध्यापक धुर्व प्र सिलवालले बताउनुभयो ।

Spread the love