रुपन्देहीमा शंकास्पद वस्तु भेटियो

७ भदौ, बुटवल : रुपन्देहीका बुटवल, भैरहवा, मणिग्राम, देवदह, मुर्गियालगायतका सहरी र ग्रामीण बजारहरु खुलेका छन् ।  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपासहित ४ दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव रुपन्देहीमा आंशिकरुपमा परेको छ ।  सडकमा निजी सवारी साधनहरु पनि चलेका छन् । रुपन्देही र कपिलवस्तुको सीमा सैनामैना नगरपालिकालिका ११ मा पर्ने कोठी जंगल क्षेत्रमा पूर्वपश्चिम राजमार्ग छेउमा शंकास्पद वस्तु फेला परेको छ ।

Spread the love