संगीत उध्योग संघ मा सुर्य कृयसनको नेतृत्व

sangit udhyog sangha

द पावर न्युज दट कम, काठमाडौं – संगीत उध्योग संघ मा सुर्य कृयसनको नेतृत्व हालै सम्पन्न संगीत उध्योग संघ नेपालको साधारण सभाले सुर्य कृयसन प्रा लि का सन्चालक श्री सुर्य याक्क्षि मगरको नेतृत्व लाई सर्बसम्मत बिजयी गराएको छ ।माघ ९ गते सनिबार प्रज्ञया भवनको सभा कक्षमा सब्यभब्य रुपमा सम्पन्न उक्तकार्यक्रम उध्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य श्री सोम पाण्डेको प्रमुख आतिथ्य मा सम्पन्न भएको थियो ।२०६० साल देखि लगातार रुपमा संगीत ब्यबसायमा सम्लग्न सुर्य कृयशन प्रा लि ब्यबसायी हरुको एक मात्र छाता सङठनको नेतृत्वमा सर्बसम्मत छनिएको हो ।लामो समय देखि बिबादै बिबाद बिच फस्दै आएको यश संघको यो चुनौती पुर्ण नेतृत्व सफल्ताको लागि द पावर न्युज दट कम हार्दिक शुभकामना ब्यक्त गर्दछ ।sangit udhyog sangha संघको साधारण सभा ताका मात्र जाग्ने ब्यबसायिहरुको अनौठो चलखेल देखि वाक्क केही ब्यबसायिहरुको सकारात्मक प्रयास पछि मात्र सर्बसहमतिको अबस्थालाइ छिचोलिएको थियो । सस्थाको साधारण सभा मा देखियको यस किसिमको सहमतिलाइ पुर्ब अध्यक्षहरुले खुलेर प्रसम्सा गरेका थिए भने अन्य ब्यबसायिहरु खुशी देखिन्थे । शुरुवात नै सहमती मा देखिए पछि अब भने संगीत ब्यबसाय उभो लाग्ने कुरामा आश राख्न सकिन्छ ।

Spread the love