सलह फट्यांग्राको बथान सिन्धुली र नवलपरासीसम्म

काठमाडौं : हिजोअस्ति दक्षिणबाट उत्तरतर्फ बगेको हावाको वेगले उक्त फट्यांग्रालाई भारतको बिहार र उत्तर प्रदेश राज्यको विभिन्न सीमा हुँदै नेपालमा ल्याइपुर्‍याएको छ । नेपाल सरकारको दाबीलाई झुटो सावित गर्दै सलह फट्यांग्राको बथान शनिबार नेपाल छिरेको छ । नेपालको तराई क्षेत्रमा बिहान ७ देखि ८ बजेको बीचमा त्यसको बथानै देखा परेको हो ।

कृषि बाली सखाप पार्ने किराका रुपमा चिनिएको सलहको समूह नेपाल छिरेको छ । भारतको बिहार हुँदै सलहको समूह नेपाल छिरेको कृषि मन्त्रालय स्रोतले जनाएको छ । सलहको सानो समूह शनिवार नेपाल प्रबेश गरेको जनाइएको छ । शनिवार बिहान बारा, पर्सा र सर्लाहीमा सलहको समूह देखिएको जनाइएको छ । उक्त सलह कस्तो खालको र कति संख्यामा छन् भन्नेबारे सबिस्तृत जानकारी आइसकेको छैन ।

कोरोना संक्रमण बढ्दै गएको अवस्थामा सलहले कृषि क्षेत्र ध्वस्त पारे समस्या झनै विकराल बन्ने चिन्ता विज्ञले व्यक्त गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार यसको बथान बिस्तारै अन्य जिल्लामा पनि प्रवेश गर्दै छ । नेपाल र बंगलादेशमा यसलाई आवश्यक पर्ने हावा तथा मनसुनी वर्षा प्रतिकूल बनेको प्रतिवेदन उपलब्ध गराएको थियो । केन्द्रले शनिबार प्रवेश गरेको फट्यांग्रा सलह हो कि होइन भनेर वैज्ञानिक रूपमा पुष्टि गर्न कृषिज्ञान केन्द्रका विज्ञ कर्मचारी खटाएको थियो । विज्ञ कर्मचारीलाई उच्च गुणस्तरको क्यामेराबाट फट्यांग्राको टाउको, पेट, एन्टिना, आकारप्रकार र रङको बारेमा तस्बिर लिन भनिएको थियो । विज्ञले यो किरा नियन्त्रण गर्न केही विषादी र प्रयोग गर्न परिमाण पनि सुझाएका छन् । मालाथिन नामको विषादी ५० प्रतिशत इसी, ल्याम्डा साइहेलोथ्रिन ५ प्रतिशत इसी, क्लोरपाइरिफोस २० प्रतिशत इसी, डेल्टामेथ्रिन २.८ प्रतिशत इसी र डेल्टामेथ्रिन ११ प्रतिशत इसीमध्ये कुनै एक विषादी प्रयोग गर्न सकिने जनाइएको छ ।

Spread the love