काठमाडौं आइपुग्यो सलह

१६ असार, काठमाडौं । काठमाडौंको आकाशमा पनि सलह देखिएको छ । काठमाडौं महानगरपालिका –१६ वनस्थली क्षेत्रमा सलहको ठूलो समूह देखिएको स्थानीयले बताएका छन् । काठमाडौंको उत्तरमा पर्ने नागार्जुन र रानीवन क्षेत्रमा पनि सलह देखिएको छ ।

देशैभरको सलहको विश्लेषण गरिरहेको प्राविधिक कार्यदलले काठमाडौंमा दक्षिणतर्फबाट ठूलो संख्यामा सलह प्रवेश गरेको पुष्टि गरेको छ । फौजी किराबाट जसोतसो मकै जोगाउन सफल भएका उनीहरू फेरि सलहको मारमा परेका छन् । मंगलबार नै राजपुर गाउँपालिका वडा नं. २ को चम्फानगर, गढवा गाउँपालिका वडा नं. ७ मानपुर र लमही नगरपालिका वडा नं. ६ को मध्यनगरका किसानले लगाएको मकैमा पनि सलहले क्षति पुर्याएको छ ।

Spread the love