महिला भलिबलमा नेपालले रच्यो इतिहास

काठमाडौं, १७ मंसिर : दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा नेपालले इतिहास रचेको छ । महिला भलिबलमा रजत अहिलेसम्मकै सबैभन्दा ठूलो पदक हो । यसअघि नेपालले महिला भलिबलमा कास्य मात्रै जितेको थियो । नेपालले सन् १९९९, २००६ र २०१६ मा कास्य जितेको थियो । नेपालमा भएको १३ औं सागमा नेपाली महिला भलिबल टोलीले रजत जित्दै इतिहास रच्न सफल भएको हो । भारतले भने साग अन्तर्गतको महिला भलिबलमा लगातार स्वर्ण जित्दै आइरहेको छ। यसपटक पनि भारतले स्वर्ण आफ्नै पोल्टोमा पार्न सफल भयो ।

Spread the love