रूपन्देहीको बेथरीमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप

Rupandehi, thepowernews, powernews

 रुपन्देही – रुपन्देहीको बेथरीमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडपमा प्रहरीले चलाएको गोली लागेर ४ वर्षे बालकसहित चार जनाको मृत्यु भएको छ । झडपमा प्रहरीले चलाएको गोली लागेर गोनाहा ६ का ३५ वर्षका राजकुमार बराई, ३५ वर्षकै बिन्दु लाकोल र १४ वर्षकी रञ्जना क्षेत्रीको मृत्यु भएको छ । स्थानीय प्रशासनले ८ बजेदेखि कर्फ्यू लगाएका छन् ।

गाडीहरू स्कर्टिङ गरेर लिम्बिनीतर्फ लैजाने क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो ।  लुम्बिनी अञ्चलका प्रहरीका अनुसार गोली लागेर स्थानीय ४ वर्षे बालक चन्दन कुमार पटेलको पनि मृत्यु भएको छ ।

Spread the love