खडेरीले बाँझै – हलोको सियोमा धान रोपाइँ

श्रावण १०, २०७४-  विराटनगर–१४ का सन्देश यादवले वर्षा हुने छाँट नदेखेपछि पम्पसेटले पानी तानेर सोमबारबाट रोपाइँ सुरु गरेका छन्। सबैतिर सिँचाइको प्रबन्ध छैन।  साउन दोस्रो साता लागिसक्दा पनि पर्याप्त वर्षा नभएपछि पूर्वका जिल्लामा रोपाइँ खासै हुन पाएको छैन। कतिपय स्थानमा पम्पसेटबाट पानी तानेर खेती भइरहेको छ। रोपिएका धान पनि पानी अभावमा सुक्न थालेका छन्। हावापानी कार्यालय विराटनगरको तथ्यांकअनुसार मोरङमा यो वर्ष असार २१ गते सबभन्दा बढी ६५ दशमलव शून्य मिलिलिटर पानी परेको छ भने असार ७ गते ६३ दशमलव शून्य र जेठ १२ गते ४७ दशमलव ३ मिलिलिटर पानी परेको छ। त्यसबाहेक फाटफुट पानीमात्रै परेको छ।

 रोप्न ठीक पारेको हिलोमा उनकी आमाले खीर, पुरी, कटहर, लड्डु, फूल, पान चढाएर पूजा गर्दै कर्कलोको बिरुवा रोपेपछि ‘पाँच केसरा’ धानको रोपाइँ सुरु गरिन्।परम्परागत धान भदौमा रोपे पनि राम्रै फल्छ तर त्यसका लागि पर्याप्त पानी चाहिने, साउन अन्तिमतिर पनि वर्षा भइदिए धान रोपाइँ हुन सक्ने तर सबै किसानले उन्नत जातको नै धान रोप्ने गरेकाले छिपिएको बेर्ना रोप्नुपर्ने बाध्यात्मक स्थितिमा उत्पादन कम हुने उनी बताउँछन्।  हिमाली जिल्ला ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुस्थित कुल धान खेतीयोग्य २४ हजार ६ सय १७ हेक्टर जग्गामध्ये १५ हजार ९ सय २६ दशमलव ५ हेक्टर (६४ दशमलव ७ प्रतिशत) मा मात्र रोपाइँ भएको र सोही समयमा गत वर्ष ७१ दशमलव ९६ प्रतिशत भएको पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालय विराटनगरको तथ्यांक छ। पहाडी जिल्ला पाँचथर, इलाम, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुंगा र खोटाङका कुल १ लाख ६ हजार १ सय ३१ हेक्टर खेतीयोग्य जग्गामध्ये ६७ हजार ८ सय ११ दशमलव ३ हेक्टर (६३ दशमलव ८९ प्रतिशत) मा रोपाइँ भएको छ। उक्त अवधिमा गत वर्ष ७७ दशमलव ५७ प्रतिशतमा रोपाइँ भएको थियो।  पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालयका सूचना अधिकारी वरिष्ठ बाली संरक्षण अधिकृत राजेन्द्र उप्रेतीले अहिलेसम्ममा ७०/८० प्रतिशत रोपाइँ हुनुपर्नेमा सिँचाइ अभाव तथा कमजोर मनसुनका कारण नहरहरूमा पर्याप्त पानी नआएकाले पूर्वाञ्चलमा ५० दशमलव ८५ प्रतिशतमात्रै रोपाइँ हुन सकेको छ।

https://www.youtube.com/watch?v=pmWfT-J7sSg

Spread the love