राष्ट्रिय सभा चुनावसम्बन्धी अध्यादेश जारी

लामो समयदेखि रोकिएको उक्त अध्यादेशमा राष्ट्रपति भण्डारीले अघि बिहान करिब ११ बजेतिर राष्ट्रपति विद्या देवी भण्डारीले  हस्ताक्षर गरे अन्ततः राष्ट्रिय सभा चुनावसम्बन्धी अध्यादेश जारी गरेकी छिन्।  “राष्ट्रपतिले अध्यादेशमा दलहरुको सहमति कुरिरहनुभएको थियो। उक्त अध्यादेशलाई उहाँले आजै जारी गर्नुभएको छ।” राष्ट्रिय सभा गठनका लागि एकल संक्रमणीय वा बहुमतीय प्रणाली मान्ने भन्ने विवाद दलहरुबीच जारी रहँदा अध्यादेश राष्ट्रपति कार्यालयमा लामो समयदेखि अड्किएको थियो। प्रदेश तथा प्रतिनिधि सभा चुनाव लगत्तै राष्ट्रिय सभा चुनावसम्बन्धी सरकारले पठाएको अध्यादेश जारी गर्न भन्दै सत्तारुढ दल नेपाली कांग्रेसले दबाब दिँदै आएको थियो। उक्त अध्यादेश चुनाव अगावै माओवादीसहितको नेपाली कांग्रेस नेतृत्वको सरकारले राष्ट्रपतिलाई पठाएको थियो।  अब राष्ट्रिय सभा चुनावका लागि बाटो खुलेको बताइएको छ।

Spread the love