मेयर रेन दाहाल सवार गाडी दुर्घटना

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवार गाडी दुर्घटनामा परेको छ । उनी सवार किया कम्पनीको गाडी शुक्रबार दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिकै दुर्घटना भएको ललितपुर प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीका अनुसार गुडिरहेको बेला अचानक टायर पन्चर भएपछि बिजुलीको पोलमा ठोक्किन पुगेको थियो ।

टाउकोमा चोट लागेपछि उनलाई सुमेरु अस्पतालमा लगिएको थियो, टाउकोमा टाँका लगाइएको प्रहरीको भनाइ छ । उनको अवस्थामा भने खतरामुक्त रहेको प्रहरी स्रोतका भनाइ छ ।

Spread the love