बाबुरामको नयाँशक्ति कक्टेल मदिरा जस्तो – रायमाझी

i
बुटवल – बाबुरामका कार्यकर्ता दान दिएका गाई जस्ता यस्ता व्यक्तिबाट मुलुक समृद्धि नहुने उनको धारणा छ । एमाओवादीका सचिव एवम् उपप्रधानमन्त्री टोपवहादुर रायमाझीले पूर्व एमाओवादी नेता एवम् प्रधानमन्त्री डा.बाबुराम भट्टराईद्वारा गठित नयाँ शक्तिलाई कक्टेल मदिराको संज्ञा दिएका छन् । अखिल क्रान्तिकारीको बुटवल वहुमुखी क्याम्पसमा आइतवार आयोजित भेटघाट तथा प्रशिक्षण कार्यक्रममा रायमाझीले उक्त कुरा बताएका हुन् ।  राजावादी, नेपाली कांग्रेस, एमाले र एमाओवादीमा असन्तुष्ट कार्यकर्ता नयाँ शक्तिमा गएको भन्दै रायमाझीले उनीहरुलाई मातृ दलहरुले दान दिएका गाईसँग तुलना गरेका छन् ।
Spread the love