राष्ट्रपतिले १० हजार मात्रै बक्सिस दिन पाउने

rrn
१३ साउन, काठमाडौ । बैदेशिक भ्रमणको क्रममा राष्ट्रपतिले १० हजार रुपैयाँ भन्दा बढी उपहार अथवा बक्सिस दिन नपाउने भएका छन् । उच्च स्तरीय वैदेशिक भ्रमणलाई ब्यवस्थित गर्न बनाइएको कार्यदलले तयार पारेको प्रतिवेदनमा राष्ट्रपतिले १० हजार रुपैयाँसम्मको बक्सिस दिन पाउने सुझाव सहितको प्रतिवेदन तयार गरेको हो । बैदेशिक भ्रमणको क्रममा राष्ट्रपतिलगायतका उच्च ओहोदाका ब्यक्तिले बक्सिसको नाममा धेरै खर्च देखाएर अनियमितता गरेको पाइएपछि मापदण्ड तयार गर्न भन्दै कार्यदल बनाइएको थियो ।राष्ट्रपतिसहित अन्य उच्च ओहोदाका ब्यक्तिका लागि पनि निश्चित खर्चको मापदण्ड तोकिएको छ । कार्यदलले दिएको सुझाव अनुसार प्रधानमन्त्रीले ८ हजार, उपप्रधानमन्त्रीले ६ हजार तथा मन्त्रीले ५ हजारसम्म उपहार दिन पाउने उल्लेख छ ।

Spread the love