पुनःनिर्माणमा राष्ट्रसङ्घको पूर्ण सहयोग हुने

ban ki moon

काठमाडौँः अल्पविकसित, भूपरिवेष्टित, विकासोन्मुख मुलुक तथा विकासोन्मुख साना टापु राज्यका लागि राष्ट्र सङ्घका उच्च प्रतिनिधि एवम् उपमहासचिव ज्ञानचन्द्र आचार्यले नेपालको पुनःनिर्माण, पुनःस्थापना एवम् नवनिर्माणमा राष्ट्र सङ्घको पूर्ण सहयोग हुने बताउनु भएको छ । सम्मेलनलाई राष्ट्र सङ्घले उच्च महत्व दिएको चर्चा गर्दै उहाँले नेपालको चौतर्फी विकासका साथै महाविपत्तिपछिको पुनःनिर्माण एवम् पुनःस्थापनाका काममा अन्तर्राष्ट्रिय साझेदारी एवम् सहायता जुटाउने दिशामा पनि त्यो फलदायी हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

 बिहीबार आयोजना हुने नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्र सङ्घका महासचिव बान कि मुनको प्रतिनिधित्व गदै काठमाडौँ आउनु भएका उपमहासचिव आचार्यले राष्ट्र सङ्घले पुनःनिर्माण एवम् पुनःस्थापनामा हरतरहले मद्दत गर्ने बताउनुभयो ।

Spread the love