उपत्यकामा हल्का वर्षा -कृषकलाई राहत

काठमाडौमा आज हल्का बर्षा भएको छ । लामो समयदेखि बर्ष हुन नसकेको समयमा आज बिहानदेखिनै बाक्लो हुस्सुलागेको र मध्यान्न दिउसो देखि बर्षा हुन लागेको छ । मौसम तथा पुर्वानुमान महाँशाखाका अनुसार भोलिदेखि मौसम मा सुधार आउन सक्ने बताईएको छ ।
हिमाली क्षेत्रमा भने हिजोदेखिनै हिउँ परेर चिसो बढेको छ भने अब उपत्यका लगाएत अन्य थानमा गर्मिको सुरुवात हुने संकेत देखिएको छ ।

दुई दिनदेखि परेको हिउँदे वर्षातले कृषकलाई राहत मिलेको छ । गुल्मीलगायत छिमेकी जिल्लाहरुमा शुक्रबार बिहानदेखि परेको पानीका कारण कृषहरुलाई रातह मिलेको हो । हिउँदको समयमा पानी नपर्दा कृषकहरुलाई समस्या पर्दै जान थालेको थियो । गत आसोजको पहिलो साताबाट वर्षात भएको थिएन । तर, यो वर्ष माघको अन्तिम साता भए पनि पानी पर्दा हिउँदे बाली सुप्रिने आशामा कृषकहरु खुसी भएका हुन् । वर्षातपछि बाँझै रहेका खेतवारीहरु पनि पानी नपर्दा खाली रहेका थिए । पानी परेसँगै कृषकहरुले खाली रहेका खेतबारीमा तरकारी तथा अन्य बाली लगाउन राहत मिल्नेछ ।

 

Spread the love