मधेसीको सुरक्षामा भारतीय चासो

rajnath-singh_

काठमाडौं : भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालको तरार्इ मधेसमा बस्दै आएका भारतीयको सुरक्षाप्रति गम्भीर चासो ब्यक्त गरेका छन् ।  नेपालमा जारी राजनीतिक अस्थिरतका कारण यहाँका भारतीयहरु असुरक्षित रहेको इंगित गर्दै गृहमन्त्री सिंहले उनीहरुको सुरक्षामा भारतको विशेष चासो रहेको स्पष्ट पारेका हुन् । उनले नेपालमा रहेका करिब एक करोड भारतीयको सुरक्षाको विषयलार्इ भारत सरकारले नजरअन्दाज गर्न नसक्ने पनि बताएका छन् । महाराजगञ्ज जिल्लामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का लागि बन्न लागेको भवन शिलान्यासका क्रममा सिंहले उत्तर प्रदेशसँग सीमा जोडिएका नेपालका जिल्लामा भइरहेका अपराधिक घटनामा पनि विशेष चासो राखेका छन् । स्रोत: –  इन्डिया टुडेको अनलाइन संस्करण

Spread the love