रविनाको अन्त्येष्टि, ‘ हत्यारालाई’ जन्मकैदको माग

काठमाडौं : गत सोमवार बिहान वीरगन्ज-काठमाडौं चल्ने रात्रिबसले बसुन्धरामा जेब्रा क्रसमा ठक्कर दिँदा सूर्यकी २३ वर्षीया छोरी रविनाको घटनास्थलमै निधन भएको थियो । कति दिन यही घटनाको पछाडि लाग्नु ? अस्पतालमा छोरीको शव छ भन्ने सोच्दा पनि भक्कानो छुटेर आउँथ्यो’, छोरीको अन्त्येष्टि गरेपछि सूर्यले थकित स्वरमा भन्नुभयो । ‘छोरीको अन्त्येष्टि नगर्नु आफूसँगै परिवारको पीडा पनि थपिँदै जानु हो ।’छोरी दुर्घटनामा परी मारिएको पाँचौं दिन बिहीवार बिहान शिक्षण अस्पतालमा छोरीको शव बुझेर उहाँले अन्त्येष्टि गराउनुभयो । ‘सधैं उही साथ पाउन सकिन्न । उहाँले आफ्नो एउटा अडान भने परिवर्तन गर्नुभएको छैन, ‘छोरीका हत्यारालाई कडाभन्दा कडा सजाय ।’  दिनदिनै घरमा आउनेहरू घट्दै छन् । म पनि यही कुरामा अल्झेर बस्न सक्दिनँ । परिवार छ, पाल्नुपर्छ । काम नगर्दा खान पाइँदैन ।  घटना भएको भोलिपल्ट मंगलवार यातायात व्यवसायी संघका प्रतिनिधि र पीडित पक्षबीच छलफल भएको थियो । छलफलमा पीडित पक्षले दोषीलाई कडाभन्दा कडा कारबाहीको माग राखेपछि व्यवसायी संघका प्रतिनिधि हिँडेका थिए । त्यसयता यी दुई पक्षबीच छलफल भएको छैन । ‘उहाँहरू (यातायात व्यवसायी)सँग कुरा गरिरहनु आवश्यक छैन । रिपोर्टमा रविनाको करङ भाँच्चिएको र टाउकोबाट गाडीको चक्का कुदेको पाइएको छ । रविनाको पोस्टमार्टम रिपोर्ट आइसकेको छ । घटनाको अनुसन्धान महाराजगन्ज प्रहरी वृत्तले गरिरहेको छ । सवारी ज्यान मुद्दामा अनुसन्धान भइरहे पनि कुन दफा लगाउने भन्ने चाहिँ बृहत् अनुसन्धान र प्रमाणको संकलनपछि मात्र थाहा हुने अनुसन्धानमा खटिएका प्रहरी बताउँछन् ।

Spread the love