आर बी कम्प्लेक्सका अनधिकृत संरचनामा डोजर

८ भदौ, काठमाडौं : काठमाडौं महानगरपालिकाले अनधिकृत रुपमा बनाइएका संरचना भत्काइदिएको छ। बुधबार दिउँसो मेयर बालेन्द्र शाहको उपस्थितिमा महानगरको टोलीले न्युरोडस्थित आर बी कम्प्लेक्सले बनाएका अनधिकृत संरचना भत्काइदिएको छ ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बुधबार कोटेश्वरको फुटपाथ र पार्किङको अनुगमनमा जाने भएका छन् । बुधबार बिहानैबाट न्यूरोड र दरबारमार्गमा खटिएका मेयर शाहसहितको टोली साँझ कोटेश्वर क्षेत्रको अनुगमनमा जाने भएको छ ।  संरचना भत्काउने क्रममा मेयर शाहसँगै नेपाल प्रहरी र महानगरीय प्रहरीको टोली खटिएका थिए । यसअघि महानगरको टोलीले सुन्धारास्थित काठमाडौं मलको अनधिकृत संरचना भत्काइदिएको पनि भत्काइदिएको छ ।

महानगरपालिकाले न्यूरोड क्षेत्रमा नक्सापासविना बनाइएका ठूला मलहरुका संरचनामा डोजर लगाएको छ । बुधबार नै मेयर बालेन दरबारमार्ग पुगेर त्यस्ता संरचनामा बनाइएका पसल र क्याफेहरुका संरचना हटाउन निर्देशन दिएका छन् । सोही सिलसिलामा उनी बुधबार साँझ कोटेश्वर जान लागेका हुन् ।

Spread the love