चीनबाट पेट्रोल लिन नेपाली ट्रयाङ्कर रसुवागढी-केरुङ तर्फ

Pyatrol_Tyankar_in_Rasuwa
नुवाकोट:   चीनले अनुदानमा नेपाललाई उपलव्ध गराएको एक हजार मेट्रिक टन पेट्रोल लिन आयल निगम, चिनीया दुतावास तथा वाणिज्य तथा आपुर्ति मन्त्रालयका टोली १२ वटा ट्यांकरसहित शुक्रबार दिउँसो नुवाकोटको विदुर हुँदै रसुवाको धुन्चे पुगेको छ। चीनले अनुदानमा नेपाललाई उपलब्ध गराएको पेट्रोल लिन शुक्रवार दर्जन ट्यांकरसहित नेपाली सरकारी टोली रसुवा पुगेको छ। शुक्रवार बेलुकी धुन्चेमा चिनियाँ पक्षसंग वार्ता गरी  शनिवार बिहान ट्यांकरसहितको टोली चीनको ल्हासाको केरुङ पुग्ने र त्यहां पेट्रोल भरेर ट्यांकरहरु हस्तान्तरण गर्ने कार्यक्रम छ।

निगमका प्रवक्ता दीपक बरालका  अनुसार पहिलो चरणमा शनिबार एक सय मेट्रिक टन पेट्रोल केरुङवाट नुवाकोट हुदै काठमाडौ ल्याइने छ। त्यसपछि एक सातासम्म लगातार दैनिक १० ट्यांकरले पेट्रोल केरुङवाट रसुवागढी-नुवाकोटको विदुर-पृथ्वी राजमार्गको गल्छी हुदै काठमाडौ पेट्रोल ल्याउने छन ।
 चीनबाट तेल ल्याउने प्रक्रिया वाणिज्य तथा आपुर्ति मन्त्रालयले गरेको हो। अनुदानको लागि मात्रै नभई नेपालले चीनवाट इन्धन ल्याउने प्रक्रियालाई उच्च रुपमा लिएर यसको कार्य अगाडि बढाइसकेको छ।

उनका अनुसार एक हप्तासम्म लगातार २५ वटा ट्यांकर पेट्रोल लिनका लागी नेपाल-चीन नाका भोटेकोशी नदी किनारा रसुवागढी पठाइने छ । चीनले अनुदानमा दिने पेट्रोल ल्याउन नेपालमा रहेका रसुवा, नुवाकोट जिल्लाले उचित सुरक्षा प्रवन्ध मिलाइएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।

logo of thepowernews
jump to facebook page
Spread the love