सर्वोच्चको फैसला कार्यन्वयन – गायक प्रकाश ओझालाई १० वर्षको जेलको सजाय

१४ माघ, काठमाडौं सर्वोच्चको फैसला कार्यन्वयनका क्रममा प्रहरीले उनलाई पक्राउ गरी जेल चलान गरेको छ ।  सर्वोच्च अदालतले सेक्स स्क्यान्डलमा पुनरावेदन अदालतको फैसला उल्टाउँदै गायक प्रकाश ओझालाई १० वर्षको जेल सजाय सुनाएको हो । अदालत विराटनगरको फैसला उल्टाउँदै सुनसरी इटहरीका ओझालाई मानव बेचविखन तथा ओसारपसारको दुई मुद्दामा ५/५ गरी १० वर्ष जेल सजाय सुनाएको छ । फैसला लगतै फरार भएका ओझालाई शंखमुलमा लुकेर बसेको अवस्थामा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले पक्राउ गरेको हो । ओझालाई शुक्रबार नै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो । फैसला कार्यान्वयनका लागि केन्द्रीय कारागार सुन्धारा चलान गरिएको प्रहरीले बताएको छ । ओझाले नायिका बनाउने प्रलोभन देखाएर शारीरिक सम्वन्ध राखेका थिए । र, त्यसको तस्वीर तथा भिडियो बनाएर सार्वजनिक समेत गरेका थिए ।

 

Spread the love