मुलुक ठूलो दुर्घटनाको खतरामा : प्रचण्ड

बनेपाः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुक ठूलो दुर्घटनाको खतरामा रहेको बताएका छन्। मुलुकको समृद्धिका लागि स्थिर राजनीतिक सरकार आवश्यक छ।’ प्रधानमन्त्री प्रचण्डले समाजका निम्ति उपयोगी काम गर्न महत्वकांक्षी योजना लिएर अघि बढ्न विद्यार्थीहरुलाई आग्रह गरे।   सोमबार काभ्रेको धुलिखेलमा काठमाडौं विश्वविद्यालयको २२ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू भूकम्पको केन्द्रविन्दुमा बसेर काम गरिरहेको बताए। प्रधानमन्त्री प्रचण्डले बढ्दो राजनीतिक स्थिरताका कारण संविधान कार्यान्वयनका लागि थप चुनौती उत्पन्न भएकाले मुलुक ठूलो दुर्घटनामा पर्ने खतरामा रहेको बताएका हुन्। उनले सरकारले दीक्षित विद्यार्थीबाट सरकारले ठूलो अपेक्षा समेत राखेको बताए। काठमाडौँ विश्वविद्यालयमा स्कुल अफ साइन्सका २४९ जना, स्कुल अफ इन्जिनियरिङका २८२, स्कुल अफ म्यानेजमेन्टका ४६४, स्कुल अफ एजुकेसनका १०३ र स्कुल अफ आर्टस्का १८७ गरी जम्मा कुल एक हजार २८५ जना स्नातक दीक्षित भएका छन्।

Spread the love