मधेस अलग्याउने माग राष्ट्रघाती – प्रचण्ड

pushpa kamal

एमाओवादी अध्यक्ष प्रचण्डले मधेसलाई स्वतन्त्र देश बनाउनुपर्छ भन्ने केही मधेस केन्दि्रत दलका नेताहरुको माग आत्मघाती एवं राष्ट्रघाती भएको , प्रचण्डले अलग्गिने होइन, काठमाडौंमा हिस्सा खोज्न मधेसी नेताहरुलाई सुझाव दिएका छन् । प्रचण्डले भने- ‘मधेस एउटा स्वतन्त्र देशका रुपमा रहन्छ भन्ने मागले भयानक दुर्घटनामा लैजान्छ । काठमाडौंका मठ, मन्दिर, पोखरी, कला सँस्कृतिहरुसँगमा मधेसको खुन पसीना जोडिएको छ । त्यसैले काठमाडौंसँग अलग्गिने होइन, जोडिने कुरा खोज्नुपर्यो ।’ प्रचण्डले भने- तर, यता संविधान बनाउनुपर्छ भन्ने कांग्रेस र एमालेको सहयात्रीहरुको रुपमा हामीलाई पाउँछौं । इतिहासको यस्तो प्रसव पीडामा छ एमाओवादी ।’ थारु, मधेसी, आदिवासी जनजाति, अल्पसंख्यक, सीमान्तकृत, पिछडिएका वर्गा सबैलाई उचित अवसर, मौका पाएमात्रै अबको राष्ट्रिय एकता सम्भव हुने धारणा राखे । संविधानमा सबैको माग सम्वोधन नभएको र आफ्ना पार्टीका एजेण्डा पनि नसमेटिएकोमा दुःख व्यक्त गरे ।
प्रचण्डले अधिकार प्राप्तिका आन्दोलनमा एमाओवादीको समर्थन रहेको तर, आफूहरु संविधान निर्माण गर्नैपर्ने अवस्थाको अफ्ठ्यारो परिस्थितिमा रहेको बताए । एमाओवादी अध्यक्ष प्रचण्डले यसो भन्दा सभासदहरुले टेबुल ठोकेर समर्थन जनाएका थिए । प्रचण्डले भने- ‘थारुहरुको आन्दोलनमा समर्थन छ । मधेसको आन्दोलनमा पनि समर्थन छ, कर्णालीको मागमा पनि हामीलाई पाउँछौं । उनीहरुका माग जायज छ भन्ने लागेको छ ।’

Spread the love