एपी वान टेलिभिजनका पर्सन पौडेलको दुर्घटनामा मृत्यु

चितवन : एपी वान टेलिभिजनका पर्सन पौडेलको ट्रकको ठक्‍करबाट मृत्यु भएको छ।   शुक्रबार बिहान ११बजेतिर चितवतको रत्ननगरस्थित निपनी चोकमा  क्यामरा पर्सन प्रवीण पौडेलको ट्रकको ठक्‍करबाट मृत्यु भएको छ। मालबाहक ट्रकले ठक्‍कर दिँदा स्कुटीमा सवार रहेका पौडेलको मृत्यु भएको हो। पछाडिबाट आएको ना २ ख २१६६ नम्बरको ट्रकले बा १ प ९२१ को नम्बरको पौडेल सवार स्कुटीलाई ठक्‍कर दिएको थियो।

Spread the love