पीपीएल नायकत्वमा धनगढीको जित

१६ कार्तिक, काठमाडौं  :  पोखरा पल्टनविरुद्ध सनसनीपूर्ण जित हात पार्दै धनगढी एक्सपर्ट्स पोखरा प्रिमियर लिग २६ बलमा ४९ रन बनाए जसमा ४ छक्का र ४ चौका शीर्ष स्थानमा पुगेको छ । अन्तिम दुई बलमा चार रन चाहिँदा दीपेन्द्रले कभरतर्फ चौका प्रहार गर्दै टिमलाई दुई विकेटको जित दिलाए । आजको म्याच धनगढीका लागि गर वा मरको थियो ।  यसका लागि अन्य टिमहरुको नतिजा कुर्नुपर्ने छ । धनगढीका लागि पिटर टे्रगोले पनि विष्फोटक ब्याटिङ गर्दै अर्धशतकीय इनिङ खेलेका थिए । उनले ३४ बलको सामाना गर्दै ५ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै, ओपनर शुभेन्दु पाण्डेले २२ रन बनाए । बलिङतर्फ पोखराका राशिद खानले ४ विकेट लिए । उनले ४ ओभरमा २४ रन खर्चेका थिए । त्यस्तै, विक्रम भुसाल र ललितनारायण राजवंशीले समान २-२ विकेट लिए ।

पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा पल्टनले २१ बलमा ३१ रन बनाए । पोखराका लागि रविइन्दर सिंहले २८, आशिफ शेखले २३, राशिद खानले अविजित १५ र कप्तान शरद भेषवाकरले १४ रन बनाए । ४ रन हुदा पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको पोखराले ४८ रन हुदा दोस्रो विकेटको रुपमा रविइन्दरलाई गुमाएको थियो । तेस्रो विकेटको रुपमा ४८ रन हुदा नै मेहबुब आलम शुन्य रनमा आउट भएपछि पोखरा दबाबमा आएको थियो ।

Spread the love