अपरेशनका क्रममा कागजपत्रविहिनहरुलाई पक्राउ

अमेरिका :  १० दिने अपरेशनका क्रममा अमेरिकी इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले उत्तरी टेक्सास र ओक्लाहोमामा छापा मारेर ९८ जना मेक्सिको, एल साल्भाडोर, मार्शल आइल्याण्ड, पाकिस्तान र पेरुका नागरिकहरु कागजपत्रविहिनहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरु टेक्सासका ८६ जना र ओक्लाहोमाका ११ जना रहेका छन् । पक्राउ पर्नेहरुमध्ये ६७ जनाकोमध्ये टेक्सासमा सबैभन्दा धेरै डलासबाट ११ जना पक्राउ परेका छन्  । विभिन्न अपराधहरु गरेका  ५ जना भने गिरोहका सदस्यहरु रहेको आइसले दावी गरेको छ ।

Spread the love