दोस्रो पटक प्रधामन्त्रीको समयमा देश लोडसेडिङ मुक्त – प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तामाङ समुदायले नयाँ वर्षका रुपमा मनाउने सोनाम ल्होछार पर्वको अवसरमा दोस्रो पटक प्रधामन्त्रीको समयमा देश लोडसेडिङ मुक्त भएकोमा कुलमान घिसिङको प्रशंसा गरेका छन् । सरकारको सफलताका लागि कुलमानले गरेको कामको प्रशंसा गर्दै प्रचण्डले भने, ‘म प्रधानमन्त्री बन्ने बित्तिकै उहाँ (कुलमान) लाई विद्युत प्राधिकरणको प्रमुख बनाएकोमा गर्व अनुभूति गरेको छु, उहाँले सरकारको इच्छा अनुसार देशमा लोडसेडिङको अन्त्य गर्ने अभियानलाई सफल बनाउनु भएको छ ।

प्रधानमन्त्री प्रचण्डले देश बहुजाति, बहुसांस्कृति र विविधताले भरिएको भन्ने कुरा सबैलाई थाहा भएको बताउर्दै संघीय गणतान्त्रिक नेपालमा सबैले अधिकार पाउने विश्वास व्यक्त गरे।

Spread the love