शान्ति कायम गर्न सबैको सहयोग आवश्यक : प्रधानमन्त्री ओली

२०७४ चैत्र ,  प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति कायम गर्न सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।  सरकारको एकल प्रयासले मात्र समाजमा शान्ति कायम गर्न कठिन हुने भन्दै उहाँले यसका लागि सबैको सहयोग आवश्यक रहेको नेपाल जैन परिषदले राजधानीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले समाजमा शान्ति सुव्यवस्था कायम गर्न हरेक ब्यक्तिको योगदान महत्वपूर्ण हुने बताउनु भएको छ ।   प्रधानमन्त्री ओलीले जनताको बलले संविधान निर्माण भएकोले अब देश निर्माणमा लाग्नु पर्ने बताउनुभयो । सबै जात, धर्म, सम्प्रदायले देश र देशबासीको हित र समृद्धिमा लाग्नुपर्ने उल्लेख गर्नुभयो । समाजलाई शान्तिपूर्ण गोरेटोमा हिँडाउन महावीर जैनको महत्वपूर्ण भूमिका भएको प्रधानमन्त्री ओलीको भनाई थियो ।  ”देश निर्माणकै लागि संघीयता र लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएकोले यसको प्रवद्र्धनमा सबै लाग्नु पर्ने उहाँको भनाइ थियो ।

Spread the love