अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव – इन्धन भर्नेहरुको लाइन भद्रकालीदेखि माइतीघरसम्म

Petrol-Line

१० असोज, काठमाडौं –   भद्रकालीस्थित नेपाली सेनाको पेट्रोलपम्पमा डिजेल र पेट्रोल भर्नेहरुको लाइन माइतीघर मण्डलासम्म छ । भारतको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव भएपछि राजधानीका अधिकांश पेट्रोलपम्पहरु बन्द छन् । खुलेका सीमित पेट्रोलपम्पहरुमा इन्धन भर्नेहरुको लामो लाइन छ ।  चर्को घाममा घण्टौंसम्म लाइनमा बसेर इन्धन भर्न बाध्य छन् सर्बसाधारणहरु । घण्टौंसम्म लाइनमा बसे पनि चाहेजति पेट्रोल र डिजल नपाएको गुनासो उनीहरुको छ ।

 माइतीघरबाट खोलिएको नयाँ सडकमा बाइकहरुको लाइन छ भने सिंहदरबारको पश्चिम गेटतर्फ चार पाङ्ग्रे गाडीहरुको लाइन छ ।

Spread the love