पेट्रोल कालोबजारी गर्ने जनकराज पौडेल धरौटी बुझाउन नसक्दा बिहीबारै कारागार चलान

petrol-pump

८ असोज, काठमाडौं -जिल्ला प्रशासन कार्यालय, ललितपुरले पेट्रोलियम पदार्थ कालोबजारी गरेको आरोपमा एक व्यवसायीसँग ३० लाख रुपैयाँ धरौटी मागेको छ। एकान्तकुनास्थित प्रशान्ति पेट्रोलपम्प सञ्चालक जनकराज पौडेल धरौटी बुझाउन नसक्दा बिहीबारै कारागार चलान भएका छन्। ‘यहाँ त ठग्ने परम्परा नै रहेछ,’ सिडिओ कोइरालाले भने, ‘आरोपितलाई पक्राउ गरेर प्रशासन ल्याउँदासमेत के नै हुन्छजस्तो व्यवहार देखेपछि निर्णय गरेका हौं।’ प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालाले वर्षौंदेखि उपभोक्ता ठग्दै आएका व्यवसायीविरुद्ध अभियानकै रुपमा उक्त रकम धरौटी माग गरिएको बताए। महानगरीय प्रहरी परिसर, ललितपुरले ४५ लिटर पेट्रोल क्षमता भएको ट्यांकीमा करिब १० लिटर पेट्रोल पहिले नै भएको अवस्थामा फ्युल भर्न जाँदा थप ४८ लिटर पेट्रोल भरेको भनी रकम लिएको निवेदन परेपछि सञ्चालक पौडेललाई पक्राउ गरी अनुसन्धान गरेको थियो। स्रोत: नागरिक

Spread the love